काठमाडौ – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरेमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको ज्यान गएको र थप पाँच जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । ज्यान गुमाउनेमा केदार माझी र विनोद लम्साल रहेका छन् । अन्यको पहिचान खुलेको छैन ।
घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको छ । डीएसपी काफ्लेका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका जानकारी दिए ।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको छ ।
सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।