logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन भव्य तयारी : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.872K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् ।

६४ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उनले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको बताए । भ्रमणका क्रममा विकासको मार्गलाई तीव्रताका साथ अगाडि बढाउने उद्देश्यका साथ तयारी गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

विश्वको ठूलो अर्थतन्त्र र महान्शक्ति राष्ट्र बन्न सफल चीनका राष्ट्रपति आउन लागेकाले त्यसमा सुरक्षा निकायको भूमिका महत्वपुर्ण हुने प्रधानमन्त्रीको भनाइ थियो । उनले प्राकृतिक विपत्ति हुँदा, सामाजिक सद्भाव खल्बलिन खोज्दा र सांस्कृतिक विचलन हुन खोज्दा पनि नेपाल प्रहरीको भूमिका उल्लेखनीय रहेको बताए ।