logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत  (नामावलि )


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँपालिकास्थि भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिकका–९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी छन् । मृत्यु हुनेको संख्या ११ पुगेको छ । घाइतेहरुको उद्दार कार्य हेलिकोप्टरबाट भइरहेको छ । बाँकी मृतकको सनाखत भइसकेको छैन् ।

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको छ ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।