logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राष्ट्रपति सीको भ्रमण टोलीमा करिब १ सय जना


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमण टोलीको आकार करिब एक सय जनाको रहेको छ । भ्रमण टोलीमा स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पनि रहेका छन् । विदेशमन्त्री वाङ अघिल्लो महिना मात्र नेपाल भ्रमणमा आएका थिए ।

चिनियाँ सरकारले सार्वजनिक गरेको सूचीमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का राजनीतिक व्युरोका सदस्य डिङ्ग झुएझियाङ्ग, सीपीसीका राजनीतिक व्युरोमा विदेश मामिला सम्बन्धी कार्यालयका निर्देशक याङ्ग जेइची, चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सको राष्ट्रिय समितिका उपाध्यक्ष ही लिफेङ्ग लगायत रहेका छन् ।

करिव सय जनाको चिनियाँ भ्रमण दलमा उच्च अधिकारी र उद्योगी व्यवसायीहरुको समेत सहभागीता रहने छ ।