logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनप्रतिनिधिसहित पाल्पामा १९ जुवाडे पक्राउ


अंकुरण खबर
1.001K
Shares

काठमाडौं –  जनप्रतिनिधिसहित पाल्पामा १९ जना जुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिष्णुबहादुर कार्कीसहित १९ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ गरिएको हो ।

तानसेन नगरपालिका–१, गैरेगाउँस्थित होमराज बस्यालको घरबाट ५ लाख ५५ हजार रुपैयाँसहित  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तानसेन ११ का पदम बिष्ट, घरधनी तानसेन–१, का हुमराज बस्याल, तानसेन–५, का निरन्जन दर्जी, तानसेन–१, का किरण शर्मा, सन्तोश खाती, किस्मत खाती , रम्भा गाउँपालिका ३ का सुदन बैदवार र अर्जुन बैदवार, तानसेन १ का राजु खनाल , सुनिल पंगेनी, हरिप्रसाद शर्मा, देवराज बस्याल, बगनासकाली गाउँपालिका–६ का रामप्रसाद बस्याल, तानसेन ६ का अशोककुमार महर्जन,  रम्भा गाउँपालिका ३ का मिनबहादुर बैदवार, तानसेन १ का किरण खाती, रामु खड्का, अनिरुद्र खड्का पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कृष्ण सापकोटाले जानकारी दिए ।