काठमाडौं – सिन्धुलीको गोलान्जोर गाँउपालिका–६ नाकाझोलीका टेकबहादुर मश्राङ्गीले रक्सी खाएर श्रीमती र छोरीको गोली हानी हत्या गरेका छन् ।
घरायसी विवादमा उनले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको हत्या गरेको प्रहरीले जनाएको छ ।
बन्दुकको छर्रा लागि उनका छोरा कृष्ण घाइते भएका छन् । उनको अहिले सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । टेकबहादुरलाई प्रहरीले पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाएको छ ।