काठमाडौं – सिन्धुली नेत्रविक्रम चन्द नेतृत्वको पार्टी नेकपा विप्लवका सिन्धुली जिल्ला इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला इन्चार्ज बर्त बहादुर राई (शशी) रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हरिहरपुरगढी–२ बफरमा रहेको उनकै घरबाट उनलाई पक्राउ गरेको हो । राई दसैं मनाउन घर गएको बेला बिहीबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
विभिन्न गैरकानुनी कार्यमा संलग्न रहेको प्रमाणसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।