logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राष्ट्रपति सीको सुरक्षामा १५ हजार बढी नेपाली सुरक्षाकर्मी तैनाथ हुने


अंकुरण खबर
1.183K
Shares

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिन पिङको आज अपरान्ह सुरु हुने नेपाल भ्रमणका लागि नेपालका चारवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी तैनाथ हुँदैछन् ।

अति विशिष्ट व्यक्ति भीभिआईपीको सुरक्षा व्यवस्थापनको नेतृत्व गर्ने नेपाली सेनाका अनुसार तीमध्ये ७० प्रतिशत सुरक्षाकर्मी नेपाली सेनाका हुनेछन् । उनीहरु त्रिभुवन विमानस्थलदेखि राष्ट्रपति सी हिँड्ने बाटो र बस्ने ठाउँमा परिचालन हुनेछन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पान्डेले सुरक्षा चुनौतिलाई मध्यनजर गरि सुरक्षा व्यवस्था मिलाइएको बताए । सीको सुरक्षामा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल एपीएफ र राष्ट्रिय अनुसन्धान विभाग पनि खटिने छन् ।  सीको सुरक्षाका लागि चिनबाटै पनि सुरक्षाकर्मी आएका छन् ।