logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सी आउँदा र जाँदा विमानस्थल बन्द, ३३ वटा उडान प्रभावित


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ ।

भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना जारी गरि जनाएको छ। आज अपराह्न १४स्५५ देखि १७स्५५ बजेसम्मका उडान प्रभावित हुने छन् ।

शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् । विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ ।

त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडान रोकिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, आइतबार बिहान ११स्२० देखि १३स्५० बजेसम्म अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।