logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटेलको भाडा कति ?


अंकुरण खबर
1.456K
Shares

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा पुरै रिजर्भ गरिएको छ । २ सय ८२ वटा कोठा भएको सोल्टी होटल सीको भ्रमणका लागि नेपाल सरकारले तीन दिनका लागि बुक गरेको हो ।

सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो । बुक गरिएका २ सय ८२ वटा कोठामा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नेछन्। उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै होटलमा रहेका पसलहरू पनि बन्द हुने भएको छ।

सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । जसअनुसार सबै कोठाको तीन दिनको भाडा एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् । होटलले उच्च पदस्थका लागि पहिल्यै बुक भएकाले केही समय अघिदेखि नै निर्धारित मितिका लागि बुकिङ लिन छाडेको थियो।