logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषामा नक्कली घुमुवा प्रहरी पक्राउ


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – धनुषामा प्रहरीको घुमुवा रहेको भन्दै सर्वसाधारणलाई ठग्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला विहारी नगरपालिका–१० ठेराका २७ वर्षे विश्वनाथ साह रहेको धनुषा प्रहरीले जनाएको छ ।

साहलाई शुक्रबार बेलुका धनुषाको विदेह नगरपालिका–९ इटहर्वा स्थित सशस्त्र प्रहरी गणबाट सहायक प्रहरी निरीक्षक सुरेन्द्र कुमार झाको कमाण्डमा खटेको टोलीले पक्राउ गरेको हो ।

सिमावर्ती क्षेत्र भारतबाट आउने सर्वसाधारणहरुलाई आफू सादा पोशाकको प्रहरी रहेको भन्दै जाँच गर्ने गरेको र पैसा ठग्ने कार्य गर्दै आएको अवस्थामा साहलाई पक्राउ गरिएको छ ।

पक्राउ परेको साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी थप अनुसन्धान थालेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।