काठमाडौं- चिनियाँ राष्ट्रपति सी जीनपिङ दुईदिने नेपाल भ्रमणका लागि भारतको चेन्नाईबाट काठमाडौं प्रस्थान गरेका छन् ।
उनी एयर चाइनाको विशेष विमानमार्फत नेपाल आउँदै छन् । सीलाई अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ ।
विमानस्थलमा उनलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी छ ।