काठमाडौं – दुईदिने राजकीय भ्रमणको लागि चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन्।
उनी चढेको विमान केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल पुगेर स्वागत गर्दै छन्।