काठमाडौं – नेपाल प्रहरीले काठमाडौंको कपनबाट जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।