काठमाडौं – नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता भएका छन् ।
हिजो आएका चिनियाँ राष्ट्रपति सी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई नेपाल सरकारले विशेष सम्मानका साथ बिदाई गरेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाईका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ठ नेताहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
स्वदेश फर्कनुअघि राष्ट्रपति सी तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल–चीन उच्चस्तरीय वार्ता भएको छ। त्यसक्रममा विभिन्न २० विषयमा सहमति तथा सम्झौता भएको थियो ।