logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार प्रयासको आरोपमा युवक पक्राउ


अंकुरण खबर
2.028K
Shares

सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ८ मा एक किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले स्थानीय युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय मो. रहिम मन्सुरी छन् । आफ्नै घरमा रहेकी किशोरीलाई शनिबार साँझ कोही नभएको मौका छोप्दै मन्सुरीले बलात्कारको प्रयास गरेपछि चिच्याउने क्रममा स्थानीय गाउँलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

शनिबार राती नै किशोरी र उनको स्वास्थ्य परीक्षण गरिएको छ। बलात्कार प्रयासमा संलग्नलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

पीडित परिवारको तर्फबाट जबरजस्ती करणी प्रयासको जाहेरी परेकाले मन्सुरीलाई त्यही मुद्दामा अदालत उपस्थित गराएर म्याद थप गरी अनुसन्धान गरिने मिर्चैया प्रहरीले जनाएको छ ।