logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समाजवादी पार्टीको पदाधिकारी बैठक बस्दै


अंकुरण खबर
1.339K
Shares

काठमाडौं – समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्नेछ।

बैठकमा पार्टीको समायोजनबारे समीक्षा हुनेछ र समायोजनको कामलाई पूर्णता दिनेबारे छलफल हुनेछ। संगठन बिस्तार तथा सुदृढीकरण अभियानबारे पनि बैठकमा छलफल हुनेछ।

बैठकमा राजपा लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने बताइएको छ। साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ।