logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घटयो, चाँदीको भने स्थिर


अंकुरण खबर
2.015K
Shares

काठमाडौं – सुनको मूल्य दशैँ सकिएसँगै घट्ने क्रम जारी छ। सोमबार पनि छापावाला सुनको मूल्य घटेको छ।

आज सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन छापावाला सुन तोलामा ७० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै‚ तेजाबी सुनको मूल्य ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको थियो।