logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हत्या आरोपी कांग्रेस सांसद आफ्ताव आलमको सेवा सुविधा रोक्का


अंकुरण खबर
1.391K
Shares

काठमाडौं – २०६४ सालको संविधानसभा निर्वाचनका बेला रौतहटमा भएको बम आक्रमण र सामूहिक हत्याको अभियोग लागेका नेपाली कांग्रेसका सांसद महम्मद आफ्ताव आलमको तलबभत्ता रोक्का गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटबाट आलाम पक्राउ परेको जानकारी औपचारिक रुपमा संघीय संसद सचिवालयलाई गराए लगतै उनको सवै सुविधा रोक्का गरिएको संसद सचिवालयले सोमबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो ।

प्रतिनिधिसभा नियमावली २०७५ मा प्रतिनिधिसभा सदस्यको पक्राउ सम्बन्धी जानकारी गराउनुपर्ने र त्यसपछि सवै सुविधा रोक्का गर्ने प्रावधान छ ।