logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कात्तिक १३ गतेबाट पुनः सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी


अंकुरण खबर
1.794K
Shares

काठमाडौं – डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट पुनः सत्याग्रह सुरु गर्ने बताएका छन् । डा। केसीले आज पत्रकार सम्मेलन गरी कात्तिक ८ गतेसम्म आफ्ना ६ बुँदे माग माग पुरा नभएर कात्तिक १३ गतेबाट पुनः सत्याग्रह सुरु गर्ने बताएका हुन् ।

२०७५ साउन १० गते सत्याग्रहका क्रममा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने केसीले मागको पहिलो बुँदामा उल्लेख गरेका छन् । केसीले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।

यस्तै आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरिनु पर्ने माग डा। केसीले गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीको उपचार खर्च पारदर्शी हुनुपर्ने बताए । माफियाको खर्चमा प्रधानमन्त्री ओलीले आफ्नो उपचार गराइरहेको डा। केसीले आरोप लगाए ।

केसी ३० वर्षे सेवा अवधि पूरा गर्दै त्रिवि शिक्षण अस्पतालबाट विदा लिएका छन् । केसीले अवकासपछि पनि नागरिकका रुपमा शिक्षा र स्वास्थ्यका लागि लडिरहने बताए ।