logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद हेरफेर गर्ने प्रधानमन्त्री ओलीको तयारी


अंकुरण खबर
1.794K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी थालेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको परामर्शमा मन्त्रीपरिषद हेरफेरको तयारी गरिएको हो ।

उपसभामुख शिबमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर उनलाई पनि मन्त्री बनाउने तयारी छ । ६ जना मन्त्री हेरफेरको तयारी गरिएको बुझिएको छ ।

ओलीले सोमबार नै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो ।

यौन दुव्र्यवहारको आरोपमा मुछिएका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्य पार्टीलाई नछाड्न नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ ।