काठमाडौं – सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ ।
भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ ।
प्रस्तावित सुरुङमार्ग यस्ता छन् :
१.बुटवल–सिद्धबाबा
२. टोखा–छहरे–गुर्जे भन्ज्याङ
३. कोटेश्वर–जडीबुटी
४।खुर्कोट–चियावारी (सिन्धुली)
५.कैलाली खुटिया–बीपीनगर–दियायल खण्ड
६.थानकोट–चित्लाङ
७.गोदावरी (ललितपुर)–मानेचौर (काभ्रे)
८. नयाँ बनेश्वरमा अन्डरपास
९. कुलेखानी–भीमफेदी
१०.हेम्जा–नयाँपुल (पोखरा–बागलुङ सडक)
११. दोलखाको लामाबजर
१२. बुटबल–नारायणगढको दाउन्ने खण्ड
१३.बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी)
थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने
काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने भएको छ ।
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले कातिक ४ गते यस सुरुङमार्गको शिलान्यास कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार यो सुरुङमार्गको पूर्वतर्फको मुख्यद्वार (पोर्टल) मा प्रधानमन्त्री केपी शर्मा ओलीले यस सुरुङमार्गको शिलान्यास गर्नेछन् ।
यो सुरुङमार्ग निर्माणका लागि भएको सम्झौतापत्रको कपी अन्तिम स्वीकृतिका लागि जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग ९जाइका०लाई पठाइसकिएको जानकारी दिँदै उनले भने, “अबको दुई दिनभित्र जाइकाको स्वीकृतिपत्र नेपाल आइपुग्नेछ, स्वीकृतिपत्र आउने निश्चित भएकाले शिलान्यासको कार्यक्रम तय भएको हो ।”
शिलान्यासका लागि सम्बन्धित सबै तहमा छलफल सुरु भइसकेको उनले बताए ।