logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्पतालबाटै महरालाई लगियो अदालत


अंकुरण खबर
1.885K
Shares

काठमाडौं – संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले अदालत लगिएको छ ।

१९ गते पक्राउ गरिएका महरालाई नर्भिक अस्पतालबाटै जिल्ला अदालत काठमाडौंमा लगिएको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्ने छ। त्यहाँ महरासँग सरकारी वकिलले प्रारम्भिक सोधपुछ गरेपछि बयानका लागि वा म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गर्ने छ।

यसअघि पक्राउ गरे लगतै आरोपित महरालाई प्रहरीले महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा राखेको थियो। पछि उनको स्वासथ्यमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना गरिएको हो ।