logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पारस खड्काले दिए नेपाली क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा


अंकुरण खबर
2.912K
Shares

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानको पदबाट राजीनामा दिएका छन् । खड्काले आज प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले फुकुवा गरेको भोलिपल्ट उनले राजीनामा दिएका हुन् । पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिन्छन् । उनले नेपाली क्रिकेटमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका छन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए ।

नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।