logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य ह्वातै बढ्यो, हेर्नुस् आजको मूल्य


अंकुरण खबर
910
Shares

काठमाडौं – सुनको मूल्य लगातार रुपमा घटेपनि मंगलबार भने फेरी बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेको हो। अघिल्लो दिन सुन तोलामा ७० हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै‚ आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलामा  ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।