logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद प्रमोद साह काठमाडौंबाट पक्राउ


अंकुरण खबर
1.053K
Shares

काठमाडौं – प्रतिनिधिसभा सांसद प्रमोद साह काठमाडौंबाट पक्राउ परेका छन् । जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको अभियोगमा साहलाई पक्राउ गरिएको हो ।

साहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । यसअघि जनकपुर विमानस्थलमा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले बुद्ध एयरको चेक इन काउन्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको थियो ।

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता गराएको थियो ।

उनले सोमबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा सोमबार बिहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको प्लेनले डिले गर्दा काउन्टर तोडफोड गरेका थिए ।