logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मर्निङ वाकमा जाँदा यी कुरामा ध्यान दिनुहोस्


अंकुरण खबर
4.264K
Shares

काठमाडौं – तपाइ कतै मर्निङ वाकमा जादै हुनुहुन्छ भने तलका यि कुरा अपनाउँदा राम्रो हुनेछ ।

. बिहान उठेपछि पहिला एक वा दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसपश्चात शौच गर्नुस् अनि मात्र दौडनुस् ।

२. दौडँदा प्रयोग गर्ने जुत्ता निकै कम्फरटेवल हुन जरुरी छ । यसरी दौडिनका लागि हल्का जुत्ता प्रयोग गर्दा राम्रो हुन्छ ।

३. दौडिनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, वार्मअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सिनु हुँदैन । दौडिन शुरू गर्ने बित्तिकै स्पिड बढाउनु हुँदैन । दौडिन शुरू गरेको ५–७ मिनेटपछि मात्र गति बढाउनुपर्छ ।

४. दौडिने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडिने बेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अध्यास गर्दा राम्रो हुन्छ ।

५. दौडिन शुरू गरेको रेक १०–१५ मिनेटमा पानी पिउनु राम्रो हुन्छ । दौडेर फर्केपछि नियमित नुहाउनुपर्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।