logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नगद १० लाखसहित हुण्डी कारोबारी पक्राउ


अंकुरण खबर
2.86K
Shares

काठमाडौं – प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई मोरङको विराटनगर महानगरपालिका(४ को कन्चनबारी चोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् । रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट रू १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १र१ थान लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।