logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनआरएनए संस्थापक अध्यक्ष महतोद्वारा नवौं विश्व सम्मेलन बहिष्कार


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा। उपेन्द्र महतोले बहिस्कार गरेका छन् ।

संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण बढेको भन्दै उनी नवौं विश्व सम्मेलनमा सहभागी नभएका हुन् । एनआरएन केन्द्रीय सदस्य रामशरण सिम्खडाले भने महतोले सम्मेलन बहिस्कार गरेको नभइ चुनावी प्रक्रियामा सहभागी हुन अनिच्छुक देखिएकाले सहभागी नभएको दाबी गरे ।

उनले सुरुदेखि नै महतो एनआरएनजस्तो संस्थामा सहमतिमार्फत नै नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएको बताए ।