काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सरकारी वकिलको तर्फबाट उमाकान्त पौडेलले महरालाई अझै तीन दिन अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने माग गरेपछि अदालतले हिरासतमा राख्न अनुमति दिएको हो ।
संसद सचिवालयकी कर्मचारीलाई जबरजस्थी करणी गरेको आरोपमा थुनामा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलले माग गरेका थिए ।
महराको तर्फबाट पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ र अधिवक्ता मुरारि सापकोटा र सरकारी वकिल उमाकान्त पौडेलले बहस गरेका छन् ।