काठमाडौं – ठगी मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखाको साविक गौरीशंकर गाविस–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीय पेम्बा दोर्जे शेर्पा पक्राउ परेका हुन् । उनीविरुद्ध ठगी कसुरमा मुद्दा हालेका थिए। उनलाई सर्वोच्च अदालतले १ वर्ष कैद र ११ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
शेर्पालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले सोमबार महाराजगञ्जबाट पक्राउ गरेको हो। पक्राउ परेका शेर्पालाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको सिआइबीले जनाएको छ।