logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ठगी मुद्दामा फरार रहेको पेम्बा पक्राउ


अंकुरण खबर
806
Shares

काठमाडौं – ठगी मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको साविक गौरीशंकर गाविस–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीय पेम्बा दोर्जे शेर्पा पक्राउ परेका हुन् । उनीविरुद्ध ठगी कसुरमा मुद्दा हालेका थिए।  उनलाई सर्वोच्च अदालतले १ वर्ष कैद र ११ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

शेर्पालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले सोमबार महाराजगञ्जबाट पक्राउ गरेको हो। पक्राउ परेका शेर्पालाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको सिआइबीले जनाएको छ।