logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपनिर्वाचनको तयारीमा जुट्न नेकपाले दियो कार्यकर्तालाई निर्देशन


अंकुरण खबर
897
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपनिर्वाचन हुने क्षेत्रको उमेदवारका लागि कात्तिक १० गतेसम्म उमेदवारको नामावली केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए।

त्यस्तै बैठकले नेताहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागमा सदस्य मनोनित गर्ने निर्णय पनि गरेको छ।