logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वडाध्यक्ष, सरकारी कर्मचारी सहित सात जुवाडे पक्राउ


अंकुरण खबर
1.521K
Shares

जिल्ला प्रहरी कार्यालय कैलालीले जुवा खालबाट वडाध्यक्ष, सरकारी कर्मचारी सहित सात जनालाई पक्राउ गरेको छ।

मंगलबार राति धनगढी उप महानगरपालिका–३ बाट बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उप प्रबन्धक नरबहादुर ऐर, खाद्य संस्थानका एक जना कर्मचारी सहित सात जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट ८८ हजार ४०५ नगद रुपैयाँ र तीन गड्डी तास बरामद गरेको जनाएको छ । वडाध्यक्ष, सरकारी कर्मचारी सहित धनगढी उप(महानगरपालिका–३ का ४३ वर्षीय हरि सिंह बोहरा, वडा नम्बर ३ का ३७ वर्षीय गणेश बहादुर साउद, ४३ वर्षीय तारा चन्द, ३३ वर्षीय प्रकाश भाट र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का ४८ वर्षीय गिरीराज पाण्डेय रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।