logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विमानस्थल तोडफोड गरेका एनआरएनए प्रतिनिधि ५० हजार धरौटीमा रिहा


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन आएका प्रतिनिधि रमेश थापा ५० हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् ।

सम्मेलनमा भाग लिनका लागि अष्ट्रेलियाबाट काठमाडौं आउने क्रममा थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागामन कार्यालयमा तोडफोड गरेका थिए । उनलाई अध्यागमन विभागले ५० हजार धरौटीमा छोडेको हो । थापासहित पाँच जना शनिबार नेपाल आएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागन कक्षमा आवश्यक प्रक्रिया पुर्याउने क्रममा लाईनमा धेरै समय बस्नु परेको भन्दै उनले डेस्कको सीसा फुटाएका थिए ।

उक्त घटनापश्चात अध्यागमन विभागले प्रहरी बोलाएर थापालाई प्रक्राउ गरेको थियो । थापा विरुद्ध विभागले अध्यागमन ऐन २०४९ र नियावली २०५१ बमोजिम कारबाही चलाएको हो ।