logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बसको ठक्करबाट बालकको मृत्यु भएपछि स्थिति तनाबग्रस्त


अंकुरण खबर
871
Shares

काठमाडौं – नुवाकोटको बट्टार बजार सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा.४ ख ७५०४ नम्बरको बसले बुधबार दिउँसो एक बालकलाई ठक्कर दिदा बालकको घटनास्थलमा मृत्यु भएको छ ।

दुर्घटनापछि स्थानीयले ठक्कर दिने बसमाथि तोडफोड गर्नुका साथै सडक अवरुद्ध गरेका छन् ।

मृतक बालक तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको रहेको बताइएको छ । सडक अवरुद्ध गरि नारावाजी भएपछि प्रहरीले भिड हटाउन खोजेको थियो । सो क्रममा झडप हुँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ ।