कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गेपुल छेउमै रहेको एक होटेलबाट १० जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयले महाकाली नगरपालिका–४ को रिर्भर साइड होटेलबाट जुवाडे पक्राउ गरेको हो ।
उक्त होटलमा गए राति जुवातास खेलिरहेकै अवस्थामा इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीले जुवाडेसहित एक लाख, तीन हजार पाँच सय ६ रुपैयाँसमेत बरामद गरेको छ ।
पक्राउ परेका १० जना इलाका प्रहरी कार्यालय दोधाराको नियन्त्रणमा रहेका छन् । कञ्चनपुर प्रहरीले जुवा खालबाट पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन् ।