logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चाडपर्वले राष्ट्रिय एकता बलियो बनायो : सभापति देउवा


अंकुरण खबर
2.743K
Shares

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं, तिहारजस्ता चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीले भृकुटीमण्डपमा दशैं, तिहार, नेपाल संवत, छठ पर्वको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएपछि सभापति देउवाले चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरूबीचको सम्बन्ध नजिक ल्याउने अवसरको रूपमा लिएको बताएका थिए।

देउवाले विपी कोइरालाले दशैंको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपा लगायतका सबै राजनीतिक पार्टीहरूले पनि आयोजना गर्न लागेकोमा आभार पनि व्यक्त गरेका थिए। सभापति देउवाले नेताहरूबीच शुभकामना आदानप्रदान गर्ने अवसरको रूपमा पनि चाडपर्वहरूलाई लिनुपर्ने बताएका थिए।