logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बञ्चरो प्रहार गरी एक महिलाको हत्या


अंकुरण खबर
2.47K
Shares

मकवानपुरको बकैया गाउपालिका-३ जलजलेमा बञ्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ । आपसी विवादका क्रममा एकै गाउका ५० बर्षिय सुकबहादुर पाख्रिनले सन्तमाया लोे माथि बञ्चरो प्रहार गरेका हुन् ।

पाख्रिनले प्रहार गरेको बञ्चरो लागेर घाईते भए कि सन्तमायाको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पाख्रिनले गाउका अन्य २ जनालाई पनि हतियार प्रहार गरेकोे बताईएको छ ।

हतियार प्रहारबाट मृतक सन्तमायाका श्रीमान ५५ बर्षीय कालबहादुर लो र स्थानीय २६ बर्षीया दिबिमाया मोक्तान घाइते भएका हुन् । दुबैको चुरेहिलमा उपचार भइरहेको छ । हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियार सहित पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।