logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एनआरएनएको नेतृत्व कुमार पन्तको हातमा


अंकुरण खबर
1.274K
Shares

काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्व कुमार पन्तको हातमा गएको छ ।

काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनले पन्तलाई अध्यक्षमा निर्वाचित गरेको हो । पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरेका हुन् ।

निकै प्रतिस्पर्धा भए पनि पन्तले बाजी मारेका हुन् । मतगणनाको सुरुवाती चरणमा भने आचार्य अगाडि रहेका थिए । त्यसैगरी कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना शुक्रबार बिहानमात्र सकिएको हो । निर्वाचनमा दुई हजार ५ सय ७० मतदाता रहेकोमा दुई हजार ३ सय ४० मत खसेको थियो ।