काठमाडौं – नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ ।
शुक्रबार छापावाल सुन तोलामा ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार, बिहीबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ। आज चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।