म्यानमारको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित बर्मेली नेपाली समुदायसँग भेट गरेकी छन्। राजधानी नेपितबाट पिनुइलिन पुगेकी राष्ट्रपति भण्डारीले शुक्रबार त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गरेकी हुन्।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा, संस्कृति रीतिरिवाज र परम्पराको संरक्षण गरेकोमा त्यहाँका नेपाली समुदायको प्रशंसा गरिन्। म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा गरेको स्वागत समारोहमा बोल्दै उनले आफ्ना पूर्वज जस्तै मेहनती लगनशील उद्यमी भएर नेपाल र नेपालीको इज्जत राख्न आग्रह गरिन्।
उनले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमि नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन बर्मामा रहेका नेपाली समुदायलाई निम्तो गरेकी छन्।
भ्रमणका क्रममा भण्डारीले त्यसअघि राष्ट्रपति भण्डारीले त्यहाँस्थित दुर्गा र पशुपतिनाथको मन्दिरको दर्शन गरेकी छन्।