काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा वार्षिक १० अर्बको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका छन् ।
संघको अध्यक्षमा निर्वाचित भएपछि उनले सो प्रतिबद्धता जनाएका हुन् । नवनिर्वाचित पन्तले एनआरएनएका सदस्यको हितमा श्रमिक कल्याणकारी कोष तेब्बर बनाउने योजना रहेको जानकारी दिए ।
उनले एनआरएनएलाई राजनीतिबाट मुक्त राख्न लागिपर्ने बताए ।