logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा विद्यालयको सेफ्टी ट्याङकी छेउमा भेटियो पेस्तोल


अंकुरण खबर
1.729K
Shares

बाराको करैयामाई गाउँपालिका–१ स्थित जन सामुदायिक माध्यमिक विद्यालयको परिषरमा पेस्तोल फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले विद्यालयको उत्तरपश्चिम कुनामा रहेको सेफ्टी ट्याङकी नजिक कालो प्लाष्टिकमा बेरी ढुंगा मुनी लुकाई छिपाई राखेको बेबारिसे पेस्तोल बरामद् गरेको हो।

विशेष सुराकीका आधारमा १० ईन्च लामो १ थान अवैध घरेलु नलकटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । बरामद पेस्तोलबारे थप अनुसन्धान भईरहेको छ ।