logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

महरालाई आज पुन अदालत उपस्थित गराइँदै, सरकारी वकिलले बयान लिने


अंकुरण खबर
1.339K
Shares

काठमाडौं – बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालतमा उपस्थित गराइँदैछ ।

उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई आज फेरि अदालत लैजान लागेको हो ।

यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै महराले प्रहरीसमक्ष बयान दिन इन्कार गरेपछि आज फेरि म्याद थप्ने तयारी रहेको बताइएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि जिल्ला अदालतको अनुमतिमा प्रहरीले महरालाई गत असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।