logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गर्ने पक्राउ


अंकुरण खबर
676
Shares

काठमाडौं – सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएको आरोपमा बझाङका दिल्लीराज पाध्याय पक्राउ परेका छन् ।

सेनामा जागिर लगाइदिन्छु भनेर थलरा गाउँपालिका वडा नम्बर ८ का पदम सार्कीबाट २ लाख रुपैयाँ लिएको आरोपमा सोही ठाउँका ३७ वर्षीय दिल्लीराज पाध्यायलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।

प्रहरी का अनुसार सेनामा छनोटका लागि भएको अन्तरवार्ताको क्रममा पाध्यायले सार्कीबाट २ लाख रुपैयाँ लिएको खुलेको हो ।