logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अफ्ताव आलमलाई अदालत पेश गरियो


अंकुरण खबर
1.391K
Shares

काठमाडौं – रौतहट बमकाण्डका आरोपी कांग्रेस सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आज अदालतमा पेश गरेको छ ।

अदालतले दिएको सात दिनको म्याद सकिएपछि उनलाई म्याद थप गर्नका लागि अदालतमा पुन: पेश गरिएको हो । आलमसँग आजै बयान लिने प्रहरीको तयारी छ । विरामीको बहानामा उनले बयान दिन आनाकानी गर्दै आएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा प्रहरीले फरार उनलाई गत आइतबार पक्राउ गरेको हो ।