logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलममाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद


अंकुरण खबर
949
Shares

सामूहिक बम विस्फोटमा घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थपेको छ ।

पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।