logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माघ १ गतेबाट २०७८ को नमूना जनगणना सुरु हुने


अंकुरण खबर
4.667K
Shares

काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुरु हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सही तथ्यांक ल्याउने उद्देश्यका साथ नमूना जनगणना गर्न लागिएको जानकारी दिएको हो ।

सबै प्रदेशको दुई–दुई जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६ सय १० घर परिवार सहभागी हुने विभागको अनुमान छ ।

नमूना जनगणनाका लागि सुरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १ सय २२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ ।

यस वर्षबाट विभागले शिक्षकहरुलाई गणकको रुपमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मूल नारा पनि सार्वजनिक गरेको थियो ।