धादिङको रुबीभ्याली गाउँपालिका १ को सोदाङ भन्ने ठाउँमा एक जना पर्यटक मृत फेला परेका छन् । अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर शनिबार टेन्टमा सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।
अत्याधिक चिसो बढेकाले ट्रेकिङका लागि आएका पर्यटकको बास बसेकै स्थानमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला सदरमुकामबाट प्रहरी घटना भएको ठाउँमा हेलिकप्टर लिएर गएको हो । रुबीभ्यालीको सेर्तुङ प्रहरी चौकीबाट घटना भएको ठाउँ १० घण्टाको पैदल दुरीमा पर्छ ।