logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेटमा ओभल टिममा अनुबन्ध, कति पाउने भए त पारिश्रमिक ?


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

गएराति भएको ड्राफ्टमा लामिछानेलाई ओभल इन्भेन्सीबल्सले आफ्नो टिममा आबद्ध गरेको हो । इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड अर्थात करिब १ करोड ४७ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । सन्दीपले पाएको यो हालसम्मकै उच्च पारिश्रमिक हो । द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुँदैछ ।

‘द हन्ड्रेड’ मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिन्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी आठ टिमको सहभागिता रहनेछ ।